प्रचण्डलाइ अवलेहलनाको मुद्दा

२०७० भाद्र १० गते, सोमबार

काठमाडौं,१० भदौ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतको मानहानी गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ ।अधिवक्ता डाक्टर दिनेश त्रिपाठीले अदालतलाई धम्की दिएर कार्यसम्पादनमा बाधा हाल्न खोजेको दावी सहित प्रचण्डविरुद्ध मुद्दा दायर गर्नुभएको हो ।
अधिवक्ता त्रिपाठीले प्रचण्डलाई सशरीर अदालतमा उपस्थित गराउन माग गर्नुभएको छ । रिटमा माग दावी गरिए अनुसार दोषी पाईए प्रचण्डलाई अदालतले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्न सक्नेछ ।एक हप्ताअघि प्रचण्डले अदालत भनेको के जात हो भन्दै आफ्ना कार्यकर्ताका मुद्दा उल्टाए विद्रोह गर्ने चेतावनी दिएकोमा त्यसको आलोचना हुँदै आएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]