३३ दलिय मोर्चाले राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउने

काठमाडौ,१३ भदौ – नेकपा माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले वार्ताका लागि सहजिकरण गर्न राष्ट्रपति डा.रामवरण यादवलाईआज ज्ञापनपत्र बुझाउने भएको छ ।आफूहरु चुनावप्रति प्रतिवद्ध हुँदा समेत मुख्य दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले बेवास्ता गरेको भन्दै सहमतिका लागि सहजिकरण गर्न राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन लागिएको नेकपा माओवादीका सचिव देव गुरुङले बताए । राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन दिउँसो दुईबजे राष्ट्रपति भवन शितल निवास जाने कार्यक्रम तय भएको गुरुङले बताए ।मंसिर ४ लागि तय भएको चुनाव सार्नुपर्ने मोर्चाको प्रस्तावपछि उच्चस्तरीय राजनीतिक समिति र मोर्चाबीचको वार्ता भंग भएको थियो । नेकपा माओवादी नेतृत्वको मोर्चाले बुधबार चुनाव विथोल्ने गरी विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।