माओवादीको मार्चपास सम्पन्न

काठमाडौं, १४ भदौ, । नेकपा-माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयंम सेवकले चुनाव बहिस्कार गरौं भन्दै राजधानीमा मार्चपास गरेको छ ।राष्ट्रिय युवा जनस्वयंम सेवकको नेवाः राज्य समितिको आहृवानमा भएको भएको मार्चपासमा रातो टिर्सट लगाएर युवाहरु सहभागी भएका थिए । उनीहरुले चुनाव राष्ट्रघाति र धोका भएको भन्दै नाराबाजी गरेका छन् ।
नयाँबानेश्वर पानीट्यांकीबाट सुरु भएको मार्चपास मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, बागबजार, घण्टाघर, दरबारमार्ग, ठमेल, भेडासिंह, इन्द्रचोक हुँदै बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई माओवादी महासचिव रामबहादुर थापा बादलले अब काठमाडौंबाट जनविद्रोह गर्ने चेतावनी दिए । आफूहरुले सहमति चाहेको तर, बाइपास गरेर गए जनविद्रोह गर्ने उनको भनाई थियो ।