दमन भए प्रतिकार गरिन्छ – बादल

२०७० भाद्र १६ गते, आईतवार

पर्सा, १६ भदौ । नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले आफ्नो आन्दोलनमा सरकारले दमन गरे प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । वीरगन्जको माइस्थान अतिथि सदनमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव थापाले हतियारको बलमा चुनाव गर्न खोजिए आफूहरुले पनि सशक्त रुपमा प्रतिकार गर्ने बताए ।उनले आफूहरु चुनाव विरोधी नभएको स्पष्ट पार्दै अहिलेको निर्दलीय सरकारले गराउने चुनावले समाधान दिन नसक्ने भएकाले नै आफ्नो पार्टीले मङ्सिर ४ को चुनावको विरोध गरेको बताए । सरकार र चार दलका कारण नै वार्ता भङ्ग भएको उनको भनाइ थियो । उनले वार्ताबाट समाधान ननिस्किए सडक सङ्घर्षबाटै मुलुकलाई आफूहरुले समाधान दिने दाबी गर्दै चार दलीय संयन्त्रबाट वार्ताका लागि आएको प्रस्तावमा ३३ दलीय मोर्चामा अहिले छलफल चलिरहेको जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु