नेपालमा बिदेशी हस्तक्षेप ब्याप्त – किरण

काठमाडौ , १९ भदौ – नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले संविधानसभाको नारालाई बिदेशिले खोसेको आरोप लगाएका छन् । भगवानचन्द्र ज्ञवालीद्धारा लिखित बिरभूमी खण्डकाब्यको आज काठमाडौमा लोकापर्ण गर्दे बैद्यले नेपालमा बिदेशी हस्तक्षेप ब्याप्त भईसकेको भन्दै संविधानसभाको नारा नै बिदेशि शक्तिहरुले खोसिसकेको आरोप लगाए ।उनले बिदेशि शक्ति तथा नेपालकै संबैधानिक संस्थाहरुले एकटा पक्षलाई साथमा लिएर अर्को पक्षलाई पाखा लगाउने षड्यन्त्र गरेको समेत बताए । निर्वाचनका बिषयमा चारदलिय संयन्त्रले गरेको निर्णय असंबैधानिक भएको भन्दै उनले यथास्थीतमा निर्वाचनमा जान नसकिने स्पस्ट पारे ।किरणले मुलुकको संकट समाधानका लागी गोलमेल सम्मेलन बाट नै निकाश खोजिनुपर्ने धारणा राखे ।