प्राईभेट गोलमेच मान्य हुन्न : गौरब

२०७० भाद्र २० गते, बिहीबार

काठमाडौ, २० भदौ । नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेल गौरबले संबैधानिक ब्यवस्था विनाको गोलमेच सम्मेलन आफूहरुलाई स्विकार्य नहुने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब आज आयोजना गरेको साक्षात्कारमा गौरबले दलहरुले सहमति गरे जस्तो संबैधानिक आधार विनाको सर्वदलिय सम्मेलन आफूहरुलाई स्विकार्य नहुने स्पष्ट पार्दै गोलमेच सम्मेलन अघि संविधानमा संसोधन गरेर त्यसलाई उल्लेख गर्नु पर्ने बताए ।
साक्षात्कारमा गौरबले भने–दलहरुले आपसी सहमतिको आधारमा गरिने प्राईभेट गोलमेच हामिहरुलाई मान्य हुन सक्दैन । संबैधानिक ब्यवस्था सहितको गोलमेच हुनु पर्छ । नभए कसैले पनि त्यसको निर्णय स्विकार्दैनन ।गौरबले दलहरुको सहमतिमा राष्ट्रपतिले सहजीकरण गरेर गोलमेच सम्मेलनको आब्हान गर्नु पर्ने स्पष्ट पार्दै गोलमेच सम्मेलन अघि निर्वाचनको मिति सार्ने विषयमा राजनीतिक समितिमा रहेका दलहरुले मनस्थिति बनाउनु पर्नेमा धारणा राखे । उनले भने–चार दलले समस्या समाधान गरेर निर्वाचन गर्ने हो भने मिति सार्न तयार हुनु पर्छ । सेना प्रयोग गरेर जवरजस्ती निर्वाचन गर्न खोजे मुलुकमा निर्वाचन भन्दा पनि मुठभेड र द्धन्द हुने स्पष्ट पार्दै गौरबले सेना प्रयोग गरेर गरिने निर्वाचनलाई कसैले पनि मान्यता नदिने ठोकुवा गरे ।गौरबले भने–सेना परिचालन गर्नु भनेको संकटकाल लगाउनु हो । त्यसपछि निर्वाचन पनि हुन सक्दैन । मुलुक द्धन्दमा जान्छ । त्यस्तो अवस्थामा हुने निर्वाचनतलाई कसैले मान्यता दिदैन । यद्यपि उनले कार्टर सेन्टर लगायतका अन्तर्राष्ट्रिय पर्यबेक्षकहरु अहिलेनै निर्वाचनलाई निष्पक्षताको सर्टिफिकेट दिन तयार भएर बसेको आरोप समेत साक्षात्कारमा लगाए ।
आफूहरुले ठूलो त्याग गरेर संविधानसभालाई स्थापित गरे पनि चार दल र विदेशी शक्तिको हस्तक्षेपको कारण त्यो संविधान नबनाई विघठन भएको स्पष्ट पार्दै पुरानै स्थितिमा पुरानै दलहरुले बनाउन लागेको संविधानसभाबाट संविधान नबन्ने भएकोले आफूहरुले संविधान निर्माणकोलागि पूर्वाधार निर्माणको माग गरेको दावी गरे ।चार दलले नै बार्ता भंग गरेको तर आफूहरु बार्ताबाटै समस्या समाधानको पक्षमा रहेको दावी गर्दै अब फेरि हुने वार्तामा पनि आफूहरुले पहिलाकै १८ बुँदे प्रस्तावलाई अघि सार्ने स्पष्ट पारे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु