फुटबलको उपाधिका लागि भारत र अफगानिस्तान भिड्दै

२०७० भाद्र २६ गते, बुधबार

काठमाडौं, २६ भदौ । आठौं साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र अफगानिस्तान भिड्दै छन् । ५ पटकको च्याम्पियन भारत र एक पटकको च्याम्पियन अफगानिस्तानबीचको फाइनल भिडन्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढें ६ बजेपछि हुने खेलमा अफगानिस्तानले भारतसँग बदला लिने अवसर समेत प्राप्त गरेको छ । सन् २०११ मा नयाँदिल्लीमा भएको सातौं साफ च्याम्पियनसिपको फाइनलमा पनि अफगानिस्तान भारतसँगै पराजित भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु