भोली उपत्यका बन्द

काठमाडौं, २६ भदौ । नेकपा-माओवादी सहितका ३३ दलले भोली उपत्यका बन्द घोषणा गरेका छन् ।सर्वदलीय गोलमेचसभा मार्फत राष्ट्रिय सहमति कायम गर्नुपर्ने माग सहित आफुहरुले राखेको १८ बुदे मागलाइ बेवास्ता गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।४ दलसँग भएको वार्ताको क्रममा भदौ ६ गते गोलमेचसभाको आयोजना गर्ने सैद्धान्तिक सहमति भएको भन्दै २ दिन बित्न नपाउदै दलहरुले निर्णय उल्टाएको उनीहरुको आरोप छ ।गोलमेच सम्मेलन अस्विकार गर्नुमा बाह्य शक्ति केन्द्रहरुको गम्भीर षड्यन्त्र रहेको ठहर पनि ३३ दलको छ । गोलमेच सम्मेलन अस्विकार गरेका ४ दललाइ पुर्नबिचारका लागि समय दिदा पनि वास्ता नगरेको भन्दै ३३ दल असन्तुष्ट बनेको छ ।
राष्ट्रिय सहमति बिना हुने चुनावको अर्थ नभएको भन्दै ३३ दलले बन्दको पुर्बसन्ध्यामा राजधानीमा मोटरसाइकल रयाली समेत निकालेका छन् । बन्दमा एम्बुलेन्स प्रेस, कुटनितिक नियोग, मानवअधिकारबादी संघसस्था, अस्पतालका सवारी साधन, पानी र दुध बोक्ने ट्याङकरलाई भने कुनै अबरोध नगर्ने ३३ दलले जनाएको छ ।