निर्वाचनमा उम्मेदवार बने बाँकी नराख्ने : गौरब

काभ्रे,२६ भदौ। नेकपा–माओबादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले मंसिर ४ गते हुने कथित संबिधानसभाको निर्बाचनमा उमेदवारी दिनेलाई बाँकी नराख्ने बताएका छन् । गौरबले उमेदवार नबन्न र नबनाउन परिवारका सदश्यलाई अनुरोध गर्ने अन्यथा उमेदवार बनेमा त्यो उम्मेदवार घर फर्कने नफर्कने ठेगान नहुने भन्दै आफनो पार्टीले बाँकी नराख्ने बताएका हुन । नेकपा–माओबादी काभ्रेद्धारा चुनाबी बहिष्कार अभियान अन्र्तगत आयोजित युवा मार्च पासको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गौरबले उमेदवार बनेमा गाउँ बहिष्कार गर्न समेत कार्यकर्तालाई निर्देशन दिएका छन् । उपाध्यक्ष गौरबले उम्मेदवारको मनोनयन गर्ने लेन्डुपे हुने भन्दै दुई बर्षको संबिधानसभालाई चार बर्ष पुयाएर बिघटन गर्नेहरुले गर्ने कथित संबिधानसभाको निर्बाचन ध्वस्त पारेर छोड्ने चुनौती दिए । बिदेशीहरुको इशारामा चार दलको सिण्डिकेटमा चुनाब भए नेपाल सिक्किमीकरण, भुटानीकरण र फिजिकरण हुने भएकाले यो निर्बाचनलाई नेकपा–माओबादीले हुनै नदिने दाबी गरे । गौरबले नेकपा–माओबादीले राखेको गोलमेच सम्मेलन र आठार बुँदे मागलाई सम्बोधन गरे आगामी चैत्रसम्ममा संबिधानसभाको चुनाब हुने तर्क गरे । संबिधानसभाबाट बिश्वमा संबिधान बनेको उदाहरण कमै भएको तर्क गर्दै गौरबले आबश्यक परे हामी कथित संबिधानसभा बहिष्कार गर्दै सडकबाटै जनसंबिधान जारी गर्न समेत पछि नपर्ने ठोकूवा गरे ।