बन्दले उपत्यकाको जनजीवन ठप्प

२०७० भाद्र २७ गते, बिहीबार

काठमाडौं, २७ भदौ। नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण राजधानीमा सवारी साधन चलेका छैनन् भने बजार, पसल, शिक्षण संस्था पनि ठप्प छन् । राजधानीको चोकचोकमा जम्मा भएका ३३ दलका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।कीर्तिपुर, पाँगा, कालीमाटी, कलङ्की, बालाजु, गोङ्गबु, चावहिल, जोरपाटी, महाराजगन्ज, नयाँवानेश्वर, रत्नपार्क, ललितपुरको सातदोबाटो, ग्वार्कोलगायतका स्थानमा बन्दकर्ताले प्रदर्शन गरिरहेका छन्। बन्दका कारण विभिन्न नाका हुँदै राजधानी भित्रने र बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधन प्रभावित भएका छन्।
यसैबिच ,नया बानेश्वोरमा आज बिहान बन्द कार्यक्रमको सुरुवात गर्दै माओबादी राज्य समितिका सदस्य धुब रुपाखेतिले तिस हजार जनसेनामा १५०० जनसेनाको समायोजन भएको ,१५०० एमाओबादीभित्र रहेका र १५००बिदेस पलायन भएका भन्दै बाकि २५००० जनसेना नेकपा- माओबादीसग रहेको र अब ति जनसेनाले प्रति व्यक्ति चार जनालाइ प्रशिक्षित गराउदै एकलाख पुर्याउने दाबि गरे साथै उनले आगामी असोज ९र १० मा हुने नेपाल बन्दमा ति एक लाख कार्यकर्ता सडकमा उतार्ने उद्घोष समेत गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु