आज मध्य तथा सुदुरपश्चिम बन्द

काठमाडौँ, २८ भदौ । नेकपा-माओवादी सहितका ३३ दलले आज मध्य तथा सुदुरपश्चिम बन्द आब्हान गरेका छन् । बन्दको कारण त्यस क्षेत्रका १९ जिल्लाको जनजिवन प्रभावित भएको छ । बन्दका कारण त्यस क्षेत्रमा सवारीका साधन चल्न सकेका छैनन भने बजार पनि ठप्प छ । गोलमेच सम्मेलनबाट राष्ट्रिय सहमति कायम गर्नुपर्ने ३३ दलले माग राखेको छ । ३३ दलले हिजो उपत्यका बन्द आब्हान गरेको थियो ।