आज पनि सर्वदलीय बैठक

काठमाडौं, ३० भदौ। राष्ट्रपति डा. रामवरण यादवले पुन आज दिउँसो १ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वदलीय बैठकबोलाएका छन् ।यस अघि गत शुक्रवार भएको सर्वदलीय छलफलमा नेकपा–माओवादीले प्रस्तुत गरेको चार बुँदामाथि दलहरुले आन्तरिक छलफल गर्न समय माग गरेपछि छलफल आजसम्मका लागि स्थगन गरिएको हो । हिजो बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले नेकपा माओवादीले राखेको ४ बुँदे माग अस्विकार गरेको थियो ।निर्वाचनका विषयमा छिटोभन्दा छिटो सहमतिमा पुग्न राष्ट्रपति डा. यादवले सर्वदलीय छलफलको डाकेका हुन् । समितिमा आबद्ध दलले आगामी संविधानसभाको निर्वाचन आगामी मङ्सिर ४ मै वर्तमान सरकारको नेतृत्वबाट हुनुपर्छ भनिरहेका छन् भने नेकपा–माओवादीसहितको ३३ दलले निर्वाचन सार्नुपर्ने मागलाई प्रमुख रुपमा उठान गरिरहेका छन् ।