९ र १० गतेको नेपाल बन्द फिर्ता

काठमाडौं, ५ असोज । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले यहि ९ र १० गतेको नेपाल बन्द फिर्ता लिएको छ । निार्वाचन आयोगले कार्यतालिका परिर्वतन शनिबार बसेको ३३ दलको बैठकले उम्मेदवारी दर्तालाई लक्षित गरेर घोषणा गरेको बन्द फिर्ता लिएको हो ।आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता असोज १० लाई तोकेपछि ३३ दलले ९ र १० गते नेपाल बन्दको आहृवान गरेको थियो । तर, सरकारको आग्रहमा आयोगले कार्यतालिका परिर्वतन गर्दै १४ गते समानुपातिकको बन्दसूची पेश र १७ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको समय तोकेको छ ।आफूहरुलाई देखाएर चुनावी कार्यतालिका परिर्वतन गरेपनि सरकार र दलहरुकै कारण कार्यतालिका परिर्वतन भएको ३३ दलको भनाई छ । माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ३३ दलको बैठकले ७ गते काठमाडौंमा हुने सभाको तयारीबारे समेत छलफल भएको थियो । बैठकले भारतीय प्रहरी नेपालमा आएर नेपाली नागरिकको घरमा छापा मारेकोमा आपत्ति जनाउँदै सरकारको आधिकारक धारणा मागेको छ ।
बैठक पछि ३३ दलीय राजनीतिक मोर्चाको तर्फवाट देव गुरुङले जारी गरेको प्रेस विज्ञाप्ति को पूर्ण बिबरण यस प्रकार को छ – “आज मिति २०७० असोज ५ गते ३३ दलीय मोर्चाको बैठक नेकपा–माओवादीको कार्यालय, बुद्धनगरमा बसी निम्न निर्णयहरु गरिएको छ ।
१. यही असोज ७ गते दिउँसो १:०० बजे काठमाडौंको खुला मञ्चमा हुने विरोध सभालाई भव्यताकासाथ सम्पन्न गर्ने ।
२. यही असोज ९ र १० गते नेपाल बन्दको आयोजना गरिएकोमा हालको लागि स्थगन गरिएको छ । आन्दोलनका थप कार्यक्रमहरु मोर्चाको अर्को बैठक बसी निश्चित गर्ने ।
३. हालै नेपाल सरकारले निर्वाचनमा नेपाली सेना परिचालन गर्ने भनी गरिएको निर्णयको विरोध गर्ने र राष्ट्रिय सार्वभौमसत्ताको सुरक्षार्थ गठित नेपाली सेनालाई निर्वाचन जस्तो नितान्त आन्तरिक मामिलामा दुरुपयोग गर्न खोज्नु भनेको वृहत शान्ति सम्झौताको गम्भीर उल्लङ्घन हो र युद्धको घोषणा गरी द्वन्द्व निम्त्याउनु पनि हो । अतः उक्त निर्णय अविलम्ब बदर गर्न माग गर्ने ।
४. भारतीय सुरक्षाकर्मीद्वारा २ जना भारतीयहरुलाई नेपाली भूमिबाट गिरफ्तार गरेको घटना सेलाउन नपाउँदै यही असोज २ गते बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा भारतीय प्रहरी प्रवेश गरी नेपालीको घरमा खानतलाशी गरेको छ । यसरी नेपालको सार्वभौम अधिकारमाथि पटक–पटक गरिएको हस्तक्षेपको विरोध गर्नेे ।
५. यही असोज ३ गते अमेरिकी वायुसेनाको विमान नेपालको अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरी ३ घण्टासम्म गोप्य सामानहरु झारेको घटनाबारे हाम्रो मोर्चाको ध्यानाकर्षण भएको छ । नेपालको भूमिमा अमेरिकी सेनाको विमान अवतरण गरिनु र गोप्य सामानहरु झारिनु रहस्यमय बनेको छ । गैरफौजी कुटनीतिक सामानहरु थिए भने सैन्य विमान किन प्रयोग गरियो ? अतः उक्त घटनाको विरोध गर्दै रहस्यमय सामानहरु बारे सार्वजनिक रुपमा सुसूचित गराउन सरकारसँग माग गर्ने ।”