चुनाव भए द्धन्द: विप्लव

२०७० आश्विन ९ गते, बुधबार

जनकपुरधाम , ९ असोज । नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्द विपल्वले मंसिर ४ गते चुनाव भए मुलुकमा द्दन्द्द उत्पन्न हुने निश्चित भएको बाटअएका छन । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्यि सहमति विपरित चार दल र सरकारले निर्वाचनको नाउँमा निरंकुशता लाद्ने प्रयास गरेकोले मुलुक संकटको भूमरीमा फँस्ने ठोकुवा गरेका हुन ।४ दल चुनाव गराउन हठतापुर्वक अगाडि बढेको र नेकपा माओवादी सहित ३३ मोर्चा बिरोधमा रहेकोले द्दन्द्द उत्पन्न हुने निश्चित रहेको उनको ठहर छ। जनताको अपेक्षा विपरित जवरजस्ती चुनाव लादिए सोको प्रतिवाद गर्न नेकपा माओवादी कहिले पनि पछि नहट्ने उनको भनाई छ। माओवादी बिरुद्ध सेना परिचालन गरिए सो अवैधानिक हुने र त्यसको प्रतिकार गर्न आफुहरुले जे सुकै कदमा उठाउन सक्ने बताउँदै , जनताको अपेक्षा अनुसार अगाडि बढेको कुनै दललाई पेलेर जानु राज्य आतंक सरह हुनेछ र सोको प्रतिकार गर्न जनता कहिल्यै पछिनहत्ने ठोकुवा गरे ।कुनै दललाई लत्याएर अगाडि बढ्न खोजिए सो राज्य आतंक हुने र सोको प्रतिवाद गर्न आफुहरु पछि नहट्ने चेतावनी समेत नेता विपल्वले दिए । वर्तमान अवस्थामा मुलुक संक्रमणकालमा रहेको र जनवादी तथा यथास्थितिबादी बिच द्दन्द्द जारी रहेको बताउँदै उन ले जनअपेक्षा अनुसारको लोकतन्त्र नभईसकेकोले यसको लागि आफुहरु संघर्षरत रहेको स्पष्ट पारे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु