विज्ञापनको लागि मात्रै कम्युनिष्ट हुने प्रचलन : किरण

२०७० आश्विन ११ गते, शुक्रबार


काठमाडौ, ११ असोज – नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’ले नेपालमा विज्ञापनको लागि मात्रै कम्युनिष्ट हुने प्रचलन बढेकोमा चिन्ता ब्यक्त गरेका छन् । उनले भने, ‘एमाले कम्युनिष्ट पार्टी नै होइन, एमाओवादी एमाले बनी सक्यो भने हामीले नेपाल कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेका छौ ।’ संवाद डवलीमा मार्क्सवादी लेखक हस्तबहादुर केसीद्धारा लिखित ‘क्रान्ति र व्रि्रोह’ नामक पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष वैद्यले सो विचार ब्यक्त गरेका हुन् । आफूहरु अन्तिमसम्म लचक हुँदा पनि वैदेशिक शक्तिहरुको षड्यन्त्र र शर्ीष्ा नेताहरुको अदुरदर्शीताले राजनैतिक द्धन्द्ध चर्कन लागेको बताएका छन् । आफुहरुको लचकतालाई कमजोरीका रुपमा लिनेहरुले देशमा गृहयुद्ध निम्त्याउने काम भईरहेको चिन्ता प्रकट गर्दै उनले भने, ‘हाम्रो लचकता बुझ्न नसक्नेहरुले सेना परिचालन गर्ने धम्की गरेपनि नेपाली जनताको वास्तविक आन्दोलनको विचार थाहा पाउने छन् ।’

अध्यक्ष बैद्यले सेना परिचालन आफूहरुको विरुद्ध नहुने विश्वास ब्यक्त गरे । उनले आफूहरुको आन्दोलन दलालहरुकै विरुद्ध केन्द्रीत हुने दावी गरे । ‘अबको आन्दोलन यहाँका दलालहरुको बिरुद्ध केन्द्रित हुन्छ’ उनले भने । दलहरु अझै पनि गाउ गाउसम्म जान नसकेको र आफूहरुको अभियान गाउ गाउसम्म पुगेको विश्लेषण गर्दै उनले आफुहरुको आन्दोलनले दलालहरुलाई परास्त गर्दै संर्घष्ाका बीचबाट नयाँ सविधान लेखिने दावी समेत गरे । ‘देशलाई सिक्किमीकरण गर्ने खतरा बढेकाले पनि बहिष्कारको आन्दोलन मार्फ् अघि बढ्नु परेको हो’ उनको भनाई छ ।
नेकपा-माओवादीका पोलिटव्यूरो सदस्य धर्मेन्द्र बास्तोलाले जनयुद्ध र सविधानसभाको चुनावमा देखिएको जनमत खारेज गर्ने काम भईरहेकोमा आपत्ति जनाए । ‘यसले देश कमजोर बनाउने मात्र होइन, देशलाई सिक्किमीकरण गर्ने खतरा बढीरहेको छ’ उनले भने ।
राजनीतिक बिश्लेषक प्रा.डा सुरेन्द्र केसीले जनयुद्धले विकृतिहरुको अन्त्य गर्ने जनताको आशा रहे पनि त्यो आशा पुरा हुन नसकेको बताए । उनले अगाडि भने, ‘अब कतै यो मुलुकै नरहने त होइन भन्ने चिन्ता छाएको छ ।’ उनले रअको एजेन्टको रुपमा काम गर्नेहरु नै नेता हुने अवस्था रहनु मुलुकको लाधि धिककारको विषय भएको बताए ।
म्ाओवादीका केन्द्रिय सल्लाहकार हस्तबहादुर केसीको पुस्तक फरक पत्र द्धैमासिकले आफ्नो वाषिृक उत्सवका अवसरमा प्रकाशन गरेको हो । लेखक केसीले आफ्ना पुस्तकहरुमा सबभन्दा बढी अध्ययन गरी लेखेको पुस्तक भएको जानकारी दिए । उनले आफ्नो पार्टीले लिएको कार्यदिशा अनुसार क्रान्ति र व्रि्रोहको चर्चा उक्त पुस्तकमा गरेको पनि बताए । पत्रकार अशोक सुवेदी, खेम थपलिया, कवि भगवानचन्द्र ज्ञवाली लगायतले आफ्नो विचार ब्यक्त गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु