३३ दलीय मोर्चा निर्वाचन कार्यालयहरुमा विरोधपत्र बुझाउँदै

काठमाडौं, १३ असोज । नेकपा–माओवादीले नेतृत्वको ३३ दलीय मोर्चाले आज देशभरका निर्वाचन कार्यालयहरुमा विरोधपत्र बुझाउँदैछ । निर्वाचन प्रक्रियामाथि असन्तुष्टि जनाउँदै ३३ दलीय मोर्चाले विरोधपत्र बुझाउन लागेको हो ।काठमाडौंको निर्वाचन आयोगमा मोर्चाका एक घटक क्रान्तिकारी कम्युनिष्ट पार्टीका संयोजक मणि थापाले विरोधपत्र बुझाउने बताइएको छ । त्यस्तै देशैभरका निर्वाचन कार्यालयमा मोर्चामा आवद्ध पार्टिका नेताहरुको नेतृत्वमा विरोधपत्र बुझाइनेछ ।
निर्वाचन प्रक्रिया गलत भएको दावी गर्दे सच्चाउनुपर्ने माग मार्चाको छ । राजनीतिक सहमतिबाट मात्र निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने भन्दै अहिलेको सबै प्रक्रिया रोक्नुपर्ने मोर्चाको भनाई छ । यदी यही प्रक्रियामा निर्वाचन भए निर्वाचन विथोल्ने मोर्चाले बताउँदै आएको छ ।