एमालेका उम्मेद्वार आलममाथि गोली प्रहार

२०७० आश्विन १८ गते, शुक्रबार

बारा, १८असोज – अज्ञात समूहको गोली प्रहारबाट नेकपा एमाले बाराका उम्मेद्वार मोहम्मुद आलम गम्भीर घाइते भएका छन् ।बारा क्षेत्र नम्बर ४ बाट पत्यक्ष तर्फका उम्मेद्वार आलममाथि आज विहान गोली प्रहार भएको प्रहरीले जनाएको छ ।उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । लिपनीमालमा कार्यकर्ता भेटघाटका लागि गएका आलममाथि गोली प्रहार भएको हो । उनको वीरगञ्जमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु