सुदूरपश्चिमका तीन जिल्ला बन्द

२०७० कार्तिक २ गते, शनिबार

डोटी,२ कार्तिक । नेकपा–माओवादीले आज सुदूरपश्चिमका तीन जिल्ला बन्दको आह्वान गरेको छ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल चुनाव प्रचारका लागि आज बाजुरा हुँदै अछाम र डोटी जाने भएपछि चुनावी अभियानलाई बिथोल्न डोटी, बाजुरा र अछाम बन्द गरिएको नेकपा–माओवादी डोटीका सह–इन्चार्ज दिपेन्द्र चलाउनेले जानकारी दिए । दाहाल भने हेलिकप्टरबाट बाजुरा र अछाम जान लागेका हुन् । त्यहाँबाट गाडीमा डोटी जाने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु