आज धनकुटा बन्द

२०७० कार्तिक ७ गते, बिहीबार

धनकुटा,७ कार्तिक । नेकपा–माओवादीले धनकुटामा चक्काजाम गराएको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकर्ता प्रशिक्षणका लागि धनकुटा जाने भएकाले अवरोध गर्न एक दिने चक्काजाम गरिएको नेकपा–माओवादीले जनाएको छ । बन्दकर्ताले धनकुटा–मूलघाट, धनकुटा–हिले र हिले–सिधुवा सडक खण्डको विभिन्न स्थानमा रुख ढालेर सडक अवरुद्ध पारेका हुन् । कोशी राजमार्गको पहाडी भेगमा यातायातका साधन नचल्दा धनकुटा, भोजपर, तेह्रथुम र संखुवासभामा यातायात ठप्प बनेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु