भोलिदेखि पश्चिम नेपाल र गोरखा बन्द

२०७० कार्तिक १४ गते, बिहीबार

काठमाडौं, १४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी–माओवादीले भोलि कार्तिक १५ गते शुक्रवारवाट लुम्बिनीदेखि पश्चिम नेपाल बन्दको आव्हान गरेको छ । पार्टीले घोषणा गरेको उक्त बन्द सफल पार्न यातायात, उद्योग, कलकारखाना, व्यवसाय, शैक्षिक संस्था र सम्पूर्ण सरकारी कार्यालय ठप्प रहने नेकपा–माओवादी दाङले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
जनआन्दोलनको क्रममा दाङ लगायत देशका थुप्रै ठाउँहरुमा पुलिस प्रशासनद्वारा अनाहकमा गिरफ्तार र झुठा मुद्दा लगाई थुप्रै नेता–कार्यक्रर्ता, समर्थक र शुभचिन्तकहरुलाई दुःख दिने कार्य भइरहेको उल्लेख गर्दै विज्ञप्तिमा त्यसकारण वर्तमान कठपुतली सरकारको यो निर्लज्ज अराजनीतिक कार्यको हाम्रो पार्टी घोर भत्र्सना पनि गरिएको छ । सरकारको यस्तो क्रियाकलापको सशक्त विरोध तथा झुठा मुद्दा फिर्ता, गिरफ्तार नेता–कार्यक्रर्ता, समर्थक, शुभचिन्तकहरुको यथाशीघ्र रिहाइको माग गर्दै उक्त बन्द आव्हान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
“विस्तारवादको पूर्ण ग्राण्ड डिजाइनमा त्यसका नेपाली अनुहारका दलाल संसदवादी चार पार्टीको अगुवाईमा नेपालको राष्ट्रिय स्वाधीनता र आन्तरिक राष्ट्रियतालाई पूर्णरुपमा धरापमा पार्ने गरी गर्ने भनिएको तथाकथित दोस्रो संविधान सभा चुनावको यो नौटंकीलाई सच्चा क्रान्तिकारी, उत्पीडत जनता, वामपन्थी, बुद्धिजीवी, मानवअधिकारवादी, देशभक्त र राष्ट्रवादी शक्तिहरुले ठाडै अस्वीकार गरेका छन्”, विज्ञप्तिमा भनिएको छ । देशलाई पूर्ण निकास, स्थायित्व र स्थायी शान्तिका लागि माओवादीको नेतृत्वमा गठित ३३ दलीय मोर्चाद्वारा राखिएको ‘गोलमेच सभा, संयुक्त राष्ट्रिय सरकार र त्यसले लिने पूर्ण अग्रगामी प्रगतिशील निर्णयलाई खारेज गरी सिधै नेपाली सेनालाई ब्यारेकवाट निकालेर कथित चुनावको कभरमा देशमा फेरि भयंकर द्वन्द्वको मञ्चन गर्नेगरी गर्न थालिएको यो कथित चुनावको कुनै औचित्य नरहने विज्ञप्तिमा उल्लेख छ । जसरी पनि यो चुनावलाई सम्पूर्ण रुपले खारेज गर्नु भनेको नै वास्तविक अर्थमा देशलाई ठूलो मुठभेडबाट जोगाउनु रहेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी , आसन्न संविधानसभाको निर्वाचन ससक्त बहिस्कार गर्ने घोषणा गरेको नेकपा–माओवादी गोरखाले यहि कात्तिक १५ गते गोरखा जिल्लामा यातायात बन्दको घोषणा गरेको छ । निवार्चन प्रचार–प्रसारका लागि प्रमुख चार दलका शिर्ष नेताहरु जाने जिल्ला बन्द गर्ने पार्टीको घोषित कार्यक्रम अन्र्तगत १५ गते एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउने भएपछि माओबादीले गोरखा बन्दको घोषणा गरको हो । नेकपा–माओबादी गोरखाले जिल्ला पार्टी कार्यालय गोरखामा मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी सो दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै माओबादी जिल्ला सेक्रेटरी नारायण अधिकारी निस्चलले नेकपा–माओबादीले निरन्तर क्रान्तिको नेतृत्व गरिरहेको उल्लेख गर्दै यतिवेला नेपालको राष्ट्रिय स्वाधिनता गम्भिर खतरमा परेकाले बाह्य शक्तिको गुरुयोजनामा नेपाली जनताले प्राप्त गरेका अधिकारहरुलाई कथित निर्वाचनवाट समाप्त पारी देशमा निरंकुसता लाद्ने षडयन्त्र भइरहेको बताउनुभयो । पत्रकार सम्मेलन मार्फत जारी बिज्ञप्तीमा माओबादीले कथित संविधान सभाको दोस्रो निर्वाचन मार्फत भारतिय विस्तारबादीहरुले नेपाललाई सिक्किमीकरण गर्नका लागि सविधानसभाको निर्वाचन मार्फत आफ्ना दलालहरुको कथित बहुमत पु¥याउने षडयन्त्र गरिएको दाबी गरिएको छ । बिज्ञप्तीमा भनिएको छ “भारत संविधान सभाको निर्वाचन मार्फत आफ्ना दलालहरुको बहुमत पु¥याएर नेपाल आफुले चाहेका सन्धिसम्झौता गर्न चाहान्छ । ’’ जारी बिज्ञप्तीमा माओवादीले आफ्नो पार्टीको नेतृत्वमा रहेको ३३ दलिय मोर्चाले वार्ता र संवादमार्फत गम्भिर भएर पटक–पटक राजनीतिक सहमतीका लागि प्रयास गरेपनि दलहरुले देशलाई निकास दिनुको साटो उल्टै सेना परिचालन गरि भिषण जनदमनको तयारी गरेकाले सर्घषलाई घनिभुत पारेर अगाडी बढाउनु वाहेको आफुहरुसंग कुनै बिकल्प नभएको पनि उल्लेख गरिएको छ । जिल्ला सेक्रेटरी निश्चलद्धारा हस्ताक्षरित बिज्ञप्तीमा माओबादीले कम्युनिस्ट क्रान्तिकारी आन्दोलन र बलिदानको ऐतिहासीक विरासत बोकेको गोरखामा कुनैपनि प्रतिगामी हर्कत हुन नदिनका आवहा्न गर्दै बन्द सफल पार्न सहयोगका लागि सबै संग अपिल समेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु