आज चितवन बन्द

काठमाडौं, १६ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी–माओवादीले आज चितवन बन्दको आव्हान गरेको छ । पार्टीले घोषणा गरेको उक्त बन्द सफल पार्न नेकपा–माओवादी चितवनका इन्चार्ज गुणराज लोहनीले एक प्रेस विज्ञप्तिमार्फत आमजन समुदायलाइ अपिल गरेका छन् ।इन्चार्ज लोहनीले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण विवरण यस प्रकारको छ – “हाम्रो पार्टी विदेशी शक्तिको प्रायोजनमा मंसिर ४ गते गर्ने भनिएको ँसंविधान सभा’ चुनावको सक्रिय र सशक्त
रुपमा बहिस्कार गर्ने घोषणा यस अघि नै गरिसकेको छ । यस संविधान सभाका माध्यमबाट नेपाललाई सिक्किमिकरण गर्ने
गुरु योजना बनाईएको तथा जनयुद्ध र जनआन्दोलनबाट प्राप्त सम्पूर्ण अधिकार पनि खोसिएकोले उक्त चुनावको बहिस्कार
गर्नु पर्ने परिस्थिति सिर्जना भएको र्सवविद्धितै छ । नेकपा-माओवादी नेतृत्वको ३३ दलले पछिल्लो क्रममा ४ बुँदे प्रस्ताव
मार्फ् नेपालको राजनीतिक समस्या समाधान गर्ने र जनताको संविधान निर्माण गर्नका लागि गोलमेच सम्मेलन गर्ने
प्रस्तावलाई तत्कालको प्रचण्ड नेतृत्वको कथित ४ दलीय सिण्डिकेटले अस्विकार मात्रै गरेन कि संवाद र वार्ताका सम्भावनाहरु
पर्ूण्ा रुपले बन्द गर्यो । साथै विदेशी प्रतिक्रियावादी शक्तिको ठाडो निर्देशन र गुरु योजनामा प्रचण्डका माध्यमबाट चुनाव
जस्तो आन्तरिक मामिलामा सेना परिचालन गरि देशभक्त, वामपन्थी, गणतन्त्रवादी र संघियताका पक्षधरका विरुद्ध दमन गर्ने
र देशलाई गृहयुद्धमा फसाउने कार्यको सुरुवात गरेका छन् ।
देश अहिले जुन जटिलतामा फसेको छ, निर्दलीयता लादिएको छ र निरङ्कुशता थोपरीएको छ । यस्को मुख्य कारक
स्वघोषित ठूला पार्टी र त्यसका मूख्य नेतृत्व र त्यसमा पनि मूल रुपमा पुष्पकमल दाहाल -प्रचण्ड) हुन् भन्ने कुरा दिनको घाम
जस्तै र्छलङ्ग भएको छ । यसै सर्न्दर्भमा सिक्किमिकरण गर्न आयोजना गरिएको कथित् संविधान सभा चुनावको सिलसिलामा
चितवनको र्सार्वजनिक कार्यक्रममा २०७० कार्तिक १६ गते शनिबारका दिन प्रचण्ड आउने भएकाले उक्त दिन चितवनका सबै
यातायातका साधनहरु बन्द गरी हाम्रो कार्यक्रमलाई सहयोग र र्समर्थन गरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।”