मतदाता शिक्षा सामग्री लुटियो

२०७० कार्तिक १६ गते, शनिबार


भोजपुर, १६ कात्तिक। नेकपा- माओवादीले भोजपुरको पूर्वी प्याउली गाउँ विकास समितिबाट निर्वाचन आयोगको मतदाता शिक्षा सामग्री लुटेको छ ।प्याउली गाउँ विकास समिति नजिकै निर्वाचन अयोगका स्वयम्सेवीले मतदाता सचेतना कक्ष चलाइरहेकै स्थानबाट वैद्य माओवादीका कार्यकर्ताले निर्वाचन आयोगका मतदाता शिक्षा सामग्री लुटेका हुन् ।माओवादीको हालै साङपाङ गाविसमा सम्पन्न बैठकले निर्वाचनको सशक्त प्रतिरोध गर्ने निर्णय गरेको थियो । मतदाता शिक्षा सामग्री लुटिएपछि सो गाविसमा भइरकेको कार्यक्रम पनि अवरुद्ध भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु