माओवादी झापा ईञ्चार्ज पक्राउ
काँकडभिट्टा, १८ कार्तिक – नेकपा-माओवादीका झापा जिल्ला ईञ्चार्ज डिल्ली घिमिरे ‘हिक्मत’लाई प्रहरीले पक्राउ गरेको छ । घिमिरेलाई मेचीनगर- १० काँकडभिट्टाबाट आइतबार राति ११ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई जिप्रकामै राखिएको छ ।