ढुंगेल र शाहको उम्मेदवारी रद्द

काठमाडौं , २० कात्तिक । निर्वाचन आयोगले सर्वश्वसहित जन्मकैदको सजाय पाएका एमाओवादीका समानुपातिक उम्मेदवार बालकृष्ण ढुंगेल र उशा शाह फकिरको उम्मेदवारी रद्द गरेको छ । ढुंगेल उम्मेदवारका लागि अयोग्य भएको दावी गर्दै एमालेका समानुपातिक उम्मेदवार रामकुमारी झाँक्रीले उजुरी दिएकी हो । सशस्त्र द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा सर्वोच्चले ढुंगेललाई जन्मकैदको सजाय सुनाएको थियो ।
यस्तै राष्ट्रिय मुस्लिम आयोगमा सदस्य रहेकी फकिरविरुद्ध मोहम्मद जाकिर हुसैनले आयोगमा उजुरी परेको थियो । समानुपातिकका उम्मेदवारहरुबीच परेको उजुरीको छानविनपछि आयोगले बुधबार ढुंगेल र फकिरको उम्मेदवारी रद्द गरेको हो । यससँगै एमानुपातिक निर्वाचन प्रणाली अन्तरगत एमाओवादीका २ सय ३३ जना मात्र उम्मेदवार भएका छन् ।