चुनाब बहिस्कारको भव्य विरोध -याली
काठमाण्डौं २२ कार्तिक। नेकपा माओवादीले चुनाव बहिस्कार अभियान अन्तर्गत यहाँ आज एक -याली को आयोजना गरेको छ । काठमाण्डौं क्षेत्र न ७ को आयोजनामा गरिएको सो -याली नेकपा माओवादीले चुनाव वहिस्कार अभियान अन्तर्गत आयोजना गरेको हो । सो -याली भोटाहिटीबाट सुरु भई भेडाl;ह, नरदेवी ,क्षत्रेपाटी हुँदै ठहिटीमा पुगेर समापन भएको थियो । -यालीमा करीब १००० सहभागी रहेको आयोजकले बताएको छ । -याली पछिको कोण सभालाई केन्द्रिय सदय एकराज भण्डारीले सम्वोधन गरेका थिए । नेता भण्डारीले माआवादी सहित ३३ दलीय मोर्चालाई बाहिार राखेर गरिने चुनावी नौटंकीले अनन्त द्धन्द निम्तिने र राष्ट्रियता थप संकटमा पर्ने दावी गरे । सरकारले चुनाव गराउन सेना परिचालन गर्ने निणर्य गरेपरिपछिको माओवादीको काठमाडौंमा निकालिएको यो संभवत पहिलो विरोध -याली हो ।