सुनसरी क्षेत्र नम्वर १ का उम्मेदवार मुकेशको गाडीमा आगजनी
काठमाण्डौं २४ कार्तिक। एकीकृत नेकपा माओवादी सुनसरी क्षेत्र नम्वर १ का उम्मेदवार मुकेशको को १ प १९५८ न .गाडीमा आगजनी भएको छ । गए राति अज्ञात समुहले आगजानी गरेको उक्त गाडी पूर्ण रुपमा ध्वस्त भएको बताइएको छ। अज्ञात समुहले आगजानी गरेको उक्त गाडीको बिषयलाइ लिएर प्रहरीले ने क पा – माओबादी सुनसरीका सह सेक्रेटरी नरेन्द्र देवान शिशिरलाइ अस्वस्थ्य अबस्थामा बच्चसग सुति रहेको अबस्थामा मानबिय समबेदना समेत गुमाई पक्राउ गरेको छ । आफ्ना निर्दोष कार्यकर्ता प्रहरीले पक्राउ गरेकोमा ने क पा- माओबादी सुनसरीका इन्चार्ज शारदाले घोर आपत्ति जनाएकी छिन । उनले आफ्नो पार्टी का निर्दोष कार्यकर्तालाई तुरुन्त रिहाइ गर्न माग गरेकी छिन । अन्यथा आफुहरु आन्दोलनमा उत्रने उनले चेतावनी समेत दिएकि छिन ।
यसैबिच, एमाओबादी संखुवासभा क्षेत्र नम्बर २ का उम्मेदवार राजेन्द्र किरातीमाथि अज्ञात समुहले आक्रमण गरेको छ । जलजला २ को ओख्ङमा चुनावीसभा सकेर र्फकर्ने क्रममा शनिबार राति ९ बजेको समयमा आक्रमण भएको हो ।