सरकारले युद्धको घोषणा गर्यो – गौरब

झापा,२४ कार्तिक । नेकपा – माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले निर्वाचनको बहानामा सरकारले ६२ हजार सेना उतारेर युद्धको घोषण गरेको बताएका छन् । झापाको विर्तामोडमा आज पत्रकारहरुसँग गौरबले विदेशीको इशारामा हुन लागेको चुनावले संविधान दिन नसक्ने ठोकुवा गरे । आफुहरु शान्तिपूर्ण चुनाव वहिस्कारमा रहेपनि सरकारले ६२ हजार सेना उतारेर एकतर्फी लडाईको तयारी गरेको उनको तर्क थियो ।निर्वाचनका सामग्री ढुवानी गर्न यातायातको प्रयोग हुने भएकाले भोलिदेखिको बन्दमा यातायात चल्न नदिने गौरबको भनाइ थियो । जनताले सकेसम्म कम दुख पाउने खालका विरोधका कार्यक्रम मात्र सञ्चालन हुने गौरबले बताए ।