चितवनमा बस जलाइयो

२०७० कार्तिक २६ गते, मंगलवार


चितवन ,२६ कात्तिक । सर्लाहीबाट काठमाण्ठौं आउँदै गरेको बसमा चितवनमा आगजनी भएको छ । ना ४ ख ४७३४ नम्बरको बसलाई बन्दको समयमा किन चलाएको भन्दै आगजनी गरिएको यात्रुहरुले बताएका छन्। । नरायण मुग्लिङ सडक खण्डको जुगेडामा बसलाई रोकि बन्दकर्ताले आगजनी गरेपछि बस भित्र रहेका यात्रुहरु हाम फालेका थिए ।
उनीहरुले आफूहरु हाम नफालेको भए ज्यान जोखिममा पर्ने खतरा रहेको बताएका छन् । बसका यात्रुहरुलाई नजिकैको प्रहरी चौकीमा राखिएको छ । कसले आगजनी गरेको हो भन्ने बारे खुल्लन नसकेको र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु