देशैभरिको सवारी प्रभाबित

२०७० कार्तिक २६ गते, मंगलवार

काठमाडौं, २६ कार्तिक – नेकपा- माओबादी नेतृत्वको ३३ दलिय मोर्चाको बन्द समूहले उपत्यका लगायत देशै भरिको सवारीलाई प्रभाबित तुल्याएका छन् । काठमाडौंमा केही सवारी तोडफोड गरिएको छ भने सुनसरीमा एमाले नेताको निवासमा बम भेटिएको छ ।देशका विभिन्न ठाउँमा अज्ञात समुहले बम राखेर तर्साउन खोजेका छन् । काठमाडौंको सडकमा सरकारी, निजी र सार्वजनिक यातायतका साधन हरु चल्न सकेका छैनन् ।
अज्ञात समूहले काठमाडौंमा चारवटा सवारी तोडफोड गरेका छन् ।पुरानो बानेश्वरको ओरालोमा बा १ च ७९९३ नम्बरको ट्याक्सी, मध्यबानेश्वरमा बा १ च १९६२ नम्बरको ट्याक्सी र नयाँ बानेश्वरमा बा १ ह ३६२३ नम्बरको टेम्पो तोडफोड गरिएको छ भने कपुरधारामा बिष्फोटका लागि राखिएको गन पाउडर डिस्पोज गरिएको छ ।
यसै बिच , ललितपुर कुमारीपाटीमा माइक्रोबसमा पेट्रोल बम प्रहार गरिएको छ । पेट्रोल बम प्रहारबाट ४ वर्षका बालक अभिषेकल लामा घाइते भएका छन् ।
लगनखेलबाट रत्नपार्क चल्ने बा.१.ज ६२८८ को माइक्राेबसमा पेट्रोल बम प्रहार गरिएको प्रहरीले जनाएको छ । महानगरी प्रहरी परिसर ललितपुरका डिएसपी रामदत्त जोशीका अनुसार माइक्रोमा सामान्य क्षति पुगेको छ । झ्यालको शिशा फुटेको छ ।
यसैगरी , अज्ञात समुहले रामेछापको मन्थलीमा पर्ने करमबोट पुलमा शंकास्पद वस्तु राखेपछि विहानभर स्थानीयले आवतजावतमा कठिनाई वेहोर्नु परेको छ ।
करमबोटको पुलमा खतरा लेखेर शंकास्पद वस्तु राखेको जानकारी पाएपछि नेपाली सेनाको मन्थली स्थित श्रीजंगबाट गएको टोलीले उक्त वस्तुलाई नष्ट गरेको थियो । उक्त सामाग्री बम नभएको सेनाले जनाएको छ । यसैविच नेकपा माओवादी सहितको ३३ दलिय मोर्चाले आव्हान गरेको यातायात वन्दको रामेछापमा पूर्ण रुपमा परेको छ भने सुनसरीमा एमाले पूर्व प्रमुख सचेतक भीम आचार्यको सुनसरी मधेसास्थित निवासमा बम फेला परेको छ । नेपाली सेनाले बम डिस्फोज गरेको छ । बम घरको गेटमा राखिएको नेता आचार्यले बताए । आचार्य सुनसरी-६ का उम्मेदवार हुन् ।
त्यस्तै , बागलुङ- सदरमुकामको व्यस्त चोकमा अज्ञात समूहले राखेको सुतरी बम नेपाली सेनाले निस्कृय बनाएको छ । बानपा ३ शिवधाराचोकमा दुइ फिट लामो बम भेटिएपछि राति १ बजे सेनाको सूर्यदल गणका डिस्पोजल टोलीले निस्कृय बनाएको हो । शंकास्पद झोला भेटिएपछि प्रहरी र स्थानीयले बम हुन सक्ने शंका गरेका थिए । उक्त बस्तुबारे सेनालाइ निरीक्षण गर्न आग्रह गरेपछि बम भएको पुष्टी भएको प्रहरी नायव उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । सेनालाइ उक्त बम निस्कृय बनाउन डेढघण्टा लागेको थियो ।रातीको समयमा भेटिएको बमले यातायातमा समस्या नपारेपनि निस्कृय बनाउँदा राति ठूलो आवाज आएकोले स्थानीय बासिन्दाहरु त्रसित भएका थिए । उक्त घटनामा आफ्नो संलग्नता नभएको नेकपा-माओवादीले जनाएको छ । माओवादीका एक केन्द्रीय नेताले आफ्नो पार्टीले बम राख्ने निर्देशन नदिएको भन्दै बम बनाउने दक्ष व्यक्ति एकीकृत नेकपा माओवादीमा समेत भएकोले उनीहरुले राखेको हुन सक्ने आरोप लगाए ।
यसैगरी, राष्ट्रिय मधेश समाजवादी पार्टी निकट मुस्लिम संघका जिल्ला अध्यक्ष तथा सिरहाका समानुपातिक उम्मेदवार अमजा राइनको मारुती भ्यानमा सोमवार राति अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट गाडी पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।उम्मेदवार राइनको मझौलिया ५ अरङ्ग स्थित घरमा राखिरहेको बा४च ८१६ नम्बरको मारुती भ्यानमा साढे १० बजे आगजनी गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु