दाहालको बाटोमा बम

२०७० कार्तिक २७ गते, बुधबार

काठमाडौं, २७ कात्तिक – कञ्चनपुर क्षेत्र न.१ को बेलउरीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्न जान लागेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको बाटोमा बम भेटिएको छ ।सुरक्षा निकायले बम निष्क्रिय बनाएपछि मात्रै दाहाल गन्तव्यमा पुगेका छन् । दाहाललाई अवरोध पुर्याउन चन्देउ नजिकै जंगल छेउको बाटोमा बम राखिएको थियो । सुरक्षा निकायले बम हटाएपछि दाहाल बेलउरी गएका हुन् । उनी त्यतैबाट धनगढी हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।
यसै बिच , नेकपा–माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले गरेको चक्काजामले काठमाडौंको जनजीवनमा आशिंक प्रभाव परेको छ । सडकमा तुलनात्मक रुपमा निजी तथा सार्वजनिक सवारीका साधनहरु चलेका छन् ।काठमाडौंको जोरपाटी बफेला चामुण्डा स्कूल नजिकै बम भटिएको छ , सेनाले एउटा बम निष्कृय पारेको छ भने अन्य बमलाई पनि निष्कृय पार्ने प्रयास हुँदैछ ।
यसैगरी , काठमाण्डौको कालोपुलमा अज्ञात समूहले एउटा ट्याक्सीमा आगजनी गरेको छ । केहीबेर अघि कालोपुलमा बा १ ज ४१३५ नम्बरको ट्याक्सीमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीवाट ट्याक्सी पूर्णरुपमा जलेको छ । आगजनी कसले र किन गर्‍यो भन्नेवारे खुल्न नसकेको गौशाला प्रहरी प्रभागले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु