आन्दोलन चर्किन्छ : किरण

२०७० कार्तिक २७ गते, बुधबार

काठमाडौं, २७ कार्तिक । नेकपा–माओवादीले वार्ता र सहमतिको माध्यमबाट जारी गतिरोधको निकास खोज्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेको छ । बन्द–हड्ताल गर्नु बाध्यता भएको भन्दै माओवादीले आफ्नो मागलाई सकारात्मक ढंगले सम्बोधन गरेर सहमतिको वातावरण बनाउन आग्रह गरेको हो ।
रिपोर्टस क्लवको नेतृत्ववमा राजधानीको धापासीस्थित माओवादी अध्यक्ष मोहन वैद्यको निवासमा पुगेका पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष मोहन बैद्ध्य किरणले आफूहरुले राखेको मागलाई सम्बोधन नगरिए आन्दोलन थप चर्काउने बताएका छन् ।दलहरुको संकीर्ण स्वाभावका कारण आफूहरु उपेक्षित बन्नुपरेको भन्दै वैद्यले आफ्नो इमान्दारितालाई कमजोरी ठानिए परिणाम भयानक हुने किरणको भनाइ थियो ।
अहिलेकै अवस्थामा गरिने चुनावले द्धन्द्धको समाधान नगर्ने बरु द्धन्द्ध बढाउने उनको जिकिर थियो । गोलमेच सम्मेलन र वर्तमान सरकार परिवर्तनको मागबाट एक इन्च पछि नहट्ने भन्दै वैद्यले यी माग पूरा गर्न आफूहरु गिरफ्तार हुनुपरे पनि तयार रहेको बताए । विगतमा सँगै युद्ध लडेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका कारण मुलुक अहिलेको अवस्थामा आइपुगेको उनको भनाइ थियो । यही अवस्थामा चुनाव भै हालेपनि त्यसले समाधान नदिने किरणको ठोकुवा छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु