सरकार संचार माध्यममा अङ्कुश लगाउने तयारीमा

काठमाडौं, २८ कात्तिक । सत्य तथ्य समाचार प्रकासन गर्दै आएका केहि संचार मध्यम हरुलाई अंकुश लगाउने तयारीमा सरकार लागेको बताइएको छ ।बन्दको पक्षमा भएका तोडफोडका घटनालाई सेन्सर गर्न सरकारले राष्ट्रिय मिडियाका सम्पादकहरुलाई समेत बन्द विरोधी समाचार प्रकाशन तथा प्रशारण नगर्न दवाव दिएको छ ।प्रभावशाली मिडियालाई साथमा लिएर अरु मिडियालाई कारवाही गर्ने योजनामा सरकार लागेको खुलासा भएको छ । मिडियाका सम्पादकसँग सरकारले छलफल गरी ती समाचार नलेख्न सचेत गरेको छ ।देशलाई निर्वाचन मय बनाउन भन्दै सुरक्षास्तरबाट मिडियामा समेत समाचार सेन्सर गर्न खोजिएपछि देशको लोकतन्त्र धरापमा देखिएको छ ।लोकतन्त्र स्थापनाको लागि गर्न खोजिएको भनिएको निर्वाचन अगाडि नै नागरिकको थाहा पाउने अधिकारबाट बन्चित गरिनु दुखद र निन्दनिय भएको नागरिक अगुवाहरुको भनाइ छ ।