जीपमा पेट्रोल बम प्रहार ठाउँ ठाउमा बम

काठमाडौं, २८ कात्तिक । नवलपरासीको माकर २ चिसापानीको जंगलमा अज्ञात समुहले गएराती कुखुरा ओसार्ने जीपमा पेट्रोल बम प्रहार गरेको छ । करिब साढे आठ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ गइरहेको जीपमाथि बम प्रहार भएको हो । इलाका प्रहरी कार्यालय बर्दघाट प्रहरी निरीक्षक बेनीमहादेव पौडेलका अनुसार जीपमा कुनै पनि क्षति भएको छैन् ।जिल्लामा अज्ञात समुहको गतिविधि बढ्दै गएपनि अझैसम्म प्रहरीले कसैलाई पक्रेको छैन । उता जमुनियामा तराई मधेश फोरमका उम्मेदवारको गाडी अज्ञात समुहले गएराति जलाएको छ । त्यसैगरी गैडाकोटमा एमाओवादीको पार्टी कार्यालय अगाडी अज्ञात समुहले बम विफोष्ट गराएको छ ।
यसैगरी, अहिले विहान काठमाडौंको कीर्तिपुरमा शंस्कास्पद वस्तु फेला परेको छ । शस्कास्पद वस्तु बम भएको हुन सक्ने आशंकामा स्थानीयवासी त्रसित भएका छन् । सो क्षेत्रलाई अहिले प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली केहीबेरमा पुग्ने प्रहरीले बताएको छ ।
यसैबीच राजधानीका विभिन्न स्थानमा बम र शंस्कास्पद वस्तु भेटिन थालेपछि बम डिस्पोज टोलीलाई सेनाले २४ सै घण्टा अर्लटमा राखेको छ । काठमाडौं उपत्यकामा बम डिस्पोज गर्ने टोली ४ वटा मात्र छ ।
यसैगरि , अपरिचित समूहले धरानका चार स्थानमा बिहीबार बिहान बम राखेको छ ।प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत धरान- १३ स्थित जिरो पोइन्ट, धरान- ५ स्थित कलेज रोड चौक, धरान- ८ स्थित भोटेपुल र लाङ्घाली चोकमा बम भेटिएको हो । तीमध्ये तीन ठाउँमा शक्तिशाली प्रेसर कुकर बम र एक ठाउँमा सकेट बम फेला परेको हो ।नेपाली सेना र प्रहरीको टोलीले सवै बम बिहीबार बिहान नै डिस्पोज गरेको छ ।सीसी क्यामेराले कलेज रोडमा बिहान ३ बजेर १५ मिनेट जाँदा स्कुटीमा आएका दुई जनाले बम राखेको रेकर्ड गरेको छ । क्यामेरामा बम राख्नेको रेकर्ड भए पनि मान्छे चिनिँदैन ।