पत्रकार रावल पक्राउ

२०७० कार्तिक २८ गते, बिहीबार

काठमाडौं, २८ कार्तिक । क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष कुमार शाहले संगठनका केन्द्रीय सचिवालय सदस्यता मिमबहादुर रावल (रमेश) लाई विना कारण प्रहरीले पक्राउ गरेकोप्रति घोर आपत्ति जनाउँदै तरुन्त छोड्न माग गर्नुभएको छ ।
“प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोलेर सरकारले तानाशाही रुप प्रदर्शन गर्दै विना कारण र विना सूचना पक्राउ गर्नु यो स्वतन्त्र प्रेसमाथिको नाङ्गो आक्रमण हो, यस्ता घटनाको हाम्रो संगठन घोर भत्सर्ना गर्दछ र तुरुन्त छोड्न सरकारसँग माग गर्दछौं” जारी विज्ञाप्तीमा जनाइएको छ ।
पत्रकार रावललाई कामको सिलसिलामा काठमाडौंको अनामनगरस्थित घट्टेकुलोबाट विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो । कुनैपनि बहानामा यस्ता कार्य नगर्न पनि सरकारसँग आग्रह समेत गरिएको छ ।
त्यस्तै क्रान्तिकारी पत्रकार महासंघ काठमाडौं जिल्ला शाखा सदस्य एवम् नेपाल भूमि साप्ताहिकका प्रकाशक÷सम्पादक रामचन्द्र हुमागाँईको मैतीदेवीस्थित निवासमा प्रहरी बृत्त सिंहदरबारबाट खटिएको प्रहरीले गरेको खानतलासी प्रति पनि महासंघले आपत्ति जनाएको छ ।
त्यसैगरि क्रान्तिकारी पत्रकार महासंघ काठमाडौं शाखाका संयोजक धनबहादुर थापामगरले पनि विज्ञाप्ती जारी गरी पत्रकार रमेश रावलको गिरफ्तारी प्रति घोर आपत्ति जनाउदै तरुन्त छोड्न माग गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु