भोलीबाट ३३ दलको आन्दोलन चर्कने
भोलीबाट ३३ दलको आन्दोलन चर्कने
काठमाडौ, २८ कार्तिक । यातायात बन्दसहितको निर्वाचन विरोधी आन्दोलनमा रहेको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले जारी आन्दोलनलाई शसक्त बनाउने भएको छ । त्यसकोलागि नेता र कार्यकताहरुले अर्धभूमिगत शैलीमा आन्दोलनलाई परिचालन गर्ने आज बसेको ३३ दलको कार्यदलले निर्णय गरेको बहुजातीय समावेशी पार्टीका अध्यक्ष शंकर थापाले जानकारी दिए ।अध्यक्ष थापाका अनुसार बैठकले सरकार आफूहरुवीच धरपकडको योजनामा रहेको विश्लेषण सहित अहिले अर्ध भूमिगत शैलीमै आन्दोलनलाई अघि बढाउने निर्णय गरेको हो ।
त्यस्तै बैठकले मंसिर २ गतेबाट नेताहरु सार्वजनिक रुपमै कोणसभा, आमसभा गरेर जनतालाई परिचालित गर्ने र जनताको भावना बुझ्ने निर्णय पनि बैठकले गरेको छ । चुनावको मुखमा गतिविधी गर्न नपाईने भएकोले सो बेला निषेधित क्षेत्र तोडेर नेताहरुले गिरफ्तारी दिने योजना बनाएको छ । बैठकले सरकार दमनकारी रुपमा उत्रिएको निष्कर्स सहित निर्वाचनलाई जसरी पनि निश्क्रिय बनाउने निर्णय गरेको छ।