दाङमा आज बिहानै बसमा आगजनी

२०७० कार्तिक २९ गते, शुक्रबार

दाङ, २९ कात्तिक। दाङमा आज बिहानै एक बसमा आगजनि भएको छ । बिहीबार काठमाण्डौबाट प्रहरीको स्कटिङमा तुलसीपुर आईपुगेको बसमा बिहान करिव ४ वजे अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ । राप्ति बस समितिका सहकोषाध्यक्ष पि्रतम कुमार श्रेष्ठको ना ३ ख ९६९६ नम्बरको बसमा पुरानो बसपार्क नजिकै आफ्नै घर अगाडि पार्किङ गरी राखेको अवस्थामा आगजनी गरिएको थियो ।
घटना लगतै स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकलको प्रयासमा आगो नियन्त्रण भएको इलाका प्रहरी कार्यालयका प्रमुख तुल बहादुर कार्कीले जानकारी दिए। एउटा मोटर साइकलमा आएका दुईजनाको समुहले बसमा आगजनि गरेको स्थानीयबासीले जनाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु