रौतहटमा एमाओवादी र फोरम बीच झडप

२०७० कार्तिक २९ गते, शुक्रबार

रौतहट, २९ कार्तिक । एमाओवादी र मधेशी जनअधिकार फोरम नेपालबीच झडप भएको छ । झडपपछि रौतहटको ३ नम्बर निर्वाचन क्षेत्रको ईनरवारी मटिअर्वामा त्रास फैलिएको छ । दुई दिनअघि एमाओवादी र मधेसी जनअधिकार फोरम नेपालबीच झडप भएपछि थप हिंसा हुन नदिन ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त घटनामा बम विस्फोट र गोली लागेर ७ जना घाइते भएका थिए । भिडन्तको क्रममा एमाओवादीका नेता प्रभु साहका अंगरक्षक प्रहरी हवल्दार गौरीशंकर साहलाई गोली लागेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु