यात्रुबाहक बसमा पेट्रोल बम प्रहार

काठमाडौं,२९ कात्तिक ।कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको दमारेमा अपरिचित समूहले अहिले साँझ यात्रुबाहक बसमा पेट्रोल बम प्रहार गरेको छ । साँझ साढे ७ बजे भएको बम प्रहारबाट ५ जना यात्रु घाइते भएका छन् । घटनास्थल वीरेन्द्रनगरबाट १२ किलोमिटर पश्चिममा पर्दछ ।