यात्रुबाहक बसमा पेट्रोल बम प्रहार

काठमाडौं,१ मंसिर । काठमाडौंको सतुंगलमा ना ४ ख ५२०० नम्बरको बसमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बम प्रहारवाट ८ जना घाइते भएका छन् । उनीहरुमध्ये २ को अवस्था गम्भीर छ । काठमाडौंबाट वीरगञ्ज जान लागेको ना ४ ख ५२०० नम्बरको बसमा बम प्रहार भएको प्रहरीले जनाएको छ । घटनामा घाइते भएकाहरुको बागेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।