दाहालमाथि आक्रमण ,सवारीसाधन क्षतिग्रस्त

चितवन, २ मंसिर : एमाओवादी चितवन क्षेत्र नं. ३ का उम्मेदवार नारायण दाहालमाथि आक्रमण प्रयास भएको छ ।अहिले साँझ नारायणगढ नजिकै बेलटाँडीमा दाहालमाथि आक्रमण भएको छ । प्रहरी नजिकै भएकोले उनलाई चोटपटक लाग्न भने पाएन र उनको सवारीसाधन भने क्षतिग्रस्त भएको छ ।एमाओवादीले एमाले युवाहरुले आक्रमण गरेको दाबी गरेको छ ।