रामेछापमा सिलिन्डर बम बिस्फोट

काठमाडौं ,३ मंसिर । गए राति रामेछापमा सक्तिसाली सिलिन्डर बम बिस्फोट भएको छ l हिजो राति करिब १० बजेतिर रामेछापको पकरवासवाट शित्खा जाने बाटोको देउराली भन्ने ठाउमा अज्ञात समुहले सक्तिसाली सिलिन्डर बम बिस्फोट गरेको हो l उक्त बम बिस्फोटवाट के कति क्षति भयो भन्ने हाल सम्म खुल्न सकेको छैन l
यसैगरी गएराति मोरङको दुई स्थानमाअज्ञात समूहले बम विष्फोट गराएको छ । डाँगीहाट र टाँडीमा बम विष्फोट भएको हो ।डाँगीहाट–२ मा राति पौने १० बजे ग्यास सिलिण्डर विष्फोट गराइएको हो । राधाकृष्णि मन्दिरको नजिकै ५ केजीको ग्यास सिलियडर विष्फोट गराएर अज्ञात समूह भागेको प्रहरीले जनाएको छ । विष्फोटबाट मानवीय क्षति भएको छैन ।त्यस्तै टाँडी–८ धोबेनी बजारमा सकेट बम विष्फोट भएको हो । राति पौ ११ बजे जीआई पाइपबाट सकेट बम विष्फोट भएको हो । नजिकै रहेको कालिका उच्च माविस्थित धोवेनी मतदान केन्द्रलाई लक्षित गरी विष्फोट उर्ताबारी प्रहरीले बताएको छ ।