सरकार धरपकडमा उत्रियो

काभ्रे, ३ मंसिर । निर्वाचनको अघिल्लो दिन सरकारले नेकपा–माओवादीको कार्यकर्ता माथि धरपकड सुरु गरेको छ । निर्वाचन बहिस्कार गर्नेहरुलाई तत्काल पक्राउ गर्ने, नजरबन्दमा राख्ने लगायतका विशेष सुरक्षा रणनीति अपनाएको सरकारले आज नेकपा–माओवादीका बनेपाका नगर इन्चार्ज सौरभ कायस्थलाई पक्राउ गरेको छ ।
निर्वाचन बिथोल्न खोजेको भन्दै प्रहरीले काभ्रे, बनेपाका नेकपा–माओवादी नगर इन्चार्ज सौरभ कायस्थलाई पक्राउ गरेको हो । गएराति पक्राउ गरिएको कायस्थलाई कुन चौकीमा वा अन्यत्र राखेको प्रहरीले जानकारी दिएको छैन ।प्रहरीले पक्राउ गरेको पुष्टि गरेपनि कहाँ रहेको नबताएको हो । एक प्रहरीले भने कायस्थलाई निर्वाचनपछि छाडिने बताए । नेकपा–माओवादीले निर्वाचन वहिष्कार गर्दै बिथोल्ने घोषणा गरेकोले माओवादीका नेता तथा कार्यकर्ता निगरानीमा छन् ।