ठाउँ ठाउँमा बम बिस्फोट

काठमाडौं, ३ मंसिर । चुनावको एक दिन अघि देशका विभिन्न ठाउमा बम बिस्फोट भएको छ । आज बिहानैदेखि ठाउँ ठाउँमा बम भेटिन थालेको छ । काठमाण्डुको बालकोटस्थित हनुमन्तेपुलमा भेटिएको प्रेसर कुकर बम, बुढानिलकण्ठको चप्लेगाउँलगायत स्थानमा भेटिएका बम नेपाली सेनाको टोलीले निष्कृष्य पारेको छ ।
सप्तरीको राजविराजस्थित जिल्ला निर्वाचन कार्यालय नजिकै दुईवटा सकेट बम फेला परेका छन् । सप्तरीकै बरमझिया र कञ्चनपुरका विभिन्न मतदान केन्द्रमा पनि बम फेला परेका छन् ।दाङको तुलसीपुरमा रहको अञ्चल प्रहरी कार्यालय नजिक सोमबार बिहान सुतली बम विस्फोट भएको छ । विस्फोटबाट मानवीय क्षेती नभएको प्रहरीले जनाएको छ । मतदान केन्द्रलाई लक्षित गरी विस्फोट भएको हो ।यसैगरी नुवाकोटको कुमरी ९ मा सिलिण्डर बम, चौघडा ३ मा तुप्चे १ मा बम विष्फोट भएका छन् । विष्फोटबाट कुनै क्षति नभए पनि स्थानीय त्रसित भएका छन् । विष्फोटको आवाज सदरमुकाम विदुरसम्म सुनिएको थियो । सो स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
यसैगरी गए राति रामेछापमा सक्तिसाली सिलिन्डर बम बिस्फोट भएको छ l हिजो राति करिब १० बजेतिर रामेछापको पकरवासवाट शित्खा जाने बाटोको देउराली भन्ने ठाउमा अज्ञात समुहले सक्तिसाली सिलिन्डर बम बिस्फोट गरेको हो l उक्त बम बिस्फोटवाट के कति क्षति भयो भन्ने हाल सम्म खुल्न सकेको छैन l
यसैगरी गएराति मोरङको दुई स्थानमाअज्ञात समूहले बम विष्फोट गराएको छ । डाँगीहाट र टाँडीमा बम विष्फोट भएको हो ।डाँगीहाट–२ मा राति पौने १० बजे ग्यास सिलिण्डर विष्फोट गराइएको हो । राधाकृष्णि मन्दिरको नजिकै ५ केजीको ग्यास सिलियडर विष्फोट गराएर अज्ञात समूह भागेको प्रहरीले जनाएको छ । विष्फोटबाट मानवीय क्षति भएको छैन ।त्यस्तै टाँडी–८ धोबेनी बजारमा सकेट बम विष्फोट भएको हो । राति पौ ११ बजे जीआई पाइपबाट सकेट बम विष्फोट भएको हो । नजिकै रहेको कालिका उच्च माविस्थित धोवेनी मतदान केन्द्रलाई लक्षित गरी विष्फोट उर्ताबारी प्रहरीले बताएको छ ।