चारबुदे सहमति रास्ट्रघात र जनघातको उत्कर्स: प्रकाण्ड

२०७० पुष १० गते, बुधबार


काठमाडौं,१० पुस ।नेकपा-माओबादीका पोलिटब्युरो सदस्य खड्गबहादुर बिस्वकर्मा ‘प्रकाण्ड’ले काग्रेस , एमाले र एमाओबादीबिच भएको चार बुदे सहमति रास्ट्र , जनता र जनासंबिधानका बिरुद्ध षडयन्त्रकारी गतिविधिको रुपमा आएको बताएका छन् l एमाओबादीले यस सहमति वाट निकास निस्कन्छ भन्नु चिसो पानीले नुहाएर पिसाबको न्यानो लिने बाहेक अर्र्को काम नभएको नेता प्रकाण्डको भनाइ छ l एमाओबादीले कार्यकर्तालाई मुर्गा बनाउने काम गरेको छ l गत चैत्र १ को प्रतिक्रान्तिकारी कदमलाइ साथ दिदै तेस्रो चरण अन्तर्गत यो सहमति भएको प्रकाण्डले ठोकुवा गरे l अब एमाओबादी भित्रका क्रान्तिकारीले सचेत हुनु पर्ने भन्दै नेता प्रकाण्डले एमाओबादी भित्रका क्रान्तिकारी कार्यकर्ताहरुले राष्ट्रघात , जनघात र जनासंबिधान बिरुद्धको हर्कतलाई रोक्न जागरुक हुनुपर्ने बत्ताए l तिन दल बिच भएको चार बुदे सहमति क्रान्तिको उपलब्धि र प्रक्रियाका बिरुद्धमा प्रतिक्रान्तिकारी हर्कतको प्रतिनिधित्व गर्ने सहमति भएको ‘प्रकाण्ड’ले ठोकुवा गरे l नेता प्रकाण्डले बर्तमान संकटबाट निकास पाउन कथित संबिधान सभाको बिघटन गरि राजनीतिक सभाको आयोजना गर्नुको बिकल्प नभएको बताए l रास्ट्र , जनता र जनासंबिधानको निम्ति यो कथित संबिधान सभाको बिघटन अनिबार्य छ , अब रास्ट्र , रास्ट्रीयता र जनसंबिधानको निम्ति सर्बपक्षीय राजनीतिक सभाको आयोजना गर्नुपर्छ, जसले मात्र बर्तमान समस्याको हाल गर्न सक्छ ,यसको विकल्प छैन नेता प्रकाण्ड’को धारणा रहेको छ l

प्रतिक्रियाहरु

[anycomment]