प्रमको अभिव्यक्ति आपत्तिजनक: ३३ दलीय मोर्चा

काठमाडौं। ३३ दलीय मोर्चाले दोस्रो संविधानसभाको निर्वाचन बहिष्कार गर्ने क्रममा पक्राउ कार्यकर्तालार्इ रिहा गर्न माग गरेको छ।निर्वाचन बहिष्कार आन्दोलनमा सहभागी ताप्लेजुङ्का ५ जना बन्दी कार्यकर्तालार्इ अविलम्ब रिहा गर्न मोर्चाले माग गरेको हो । मोर्चाले सोमबार विज्ञप्ति निकालेर निर्वाचन बहिष्कार आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दाहरु खारेज गर्न पनि माग गरेको छ ।मोर्चाले केही दिन अघि प्रधानमन्त्री सुशील कोइरालाले ँटनकपुर बाँध भारतको हो भनेर दिएको अभिव्यक्तिको पनि विरोध गरेको छ । प्रम कोइरालाको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मोर्चाले सरकार प्रमुख भएर गैह्र जिम्मेवार अभिव्यक्ति नदिन पनि प्रमलार्इ आग्रह गरेको छ । सर्वपक्षीय राजनीतिक गोलमेचसभा, राष्ट्रिय स्वाधीनता, जनजीविकालगायतका विषयमा केन्द्रीत रहेर मोर्चाले आगामी चैत्र २४ गते जनआन्दोलन दिवस मनाउने पनि जानकारी दिएको छ ।
३३ दलीय मोर्चाको तर्फवाट नेकपा – माओबादीका सचिब देव गुरुङले जारी गरेको बिज्ञप्तिको पूर्ण विवरण यस प्रकारको छ -” आज मिति २०७० फागुन २६ गते नेकपा-माओवादी केन्द्रीय कार्यालय, बुद्धनगरमा ३३ दलीय राजनीतिक मोर्चाको बैठक बसी निम्न निर्ण्र्रिया गरयो ।
– ३३ दलीय राजनीतिक मोर्चालाई समृद्ध गर्नका लागि नीति-कार्यक्रम र सङ्गठनात्मक नियमावलीसहितको अवधारण-पत्रमाथि विगत केही समयदेखि चल्दै आएको छलफलको क्रममा आएका सुझावहरुलाई समेट्दै प्रस्तुत गरिएको परिमार्जित मस्यौदामाथि छलफल भयो । परिमार्जित मस्यौदाको मूल स्पिरिटमा सहमति भएतापनि कतिपय दलका साथीहरु उपस्थित हुन नसकेकाले उहाँहरुको समेत सहमति लिएर मस्यौदालाई अन्तिम रुप दिने निश्चित गरियो ।
– आगामी चैत्र २४ गते जनआन्दोलन दिवस मनाउने निश्चित गरियो । र्सवपक्षीय राजनीतिक गोलमेच सभा, राष्ट्रिय स्वाधीनता, जनजीविकालगायतका विषयलाई लिएर कार्यक्रमहरु गर्ने र त्यसलाई ठोस गर्ने काम कार्यदललाई दिने निर्ण्य गरियो ।
– केही दिन अगाडि प्रधानमन्त्री सुशील कोइरालाले “टनकपुर बाँध भारतको हो” भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइको विरोध गर्ने निर्ण्र्ाागरियो ।
– गत मंसिर ४ को निर्वाचन बहिष्कार आन्दोलनका बेला सरकारद्वारा गिरफ्तार गरिएका ताप्लेजुङ्का ५ जना बन्दी साथीहरुलाई अझै रिहा नगरिएको हुनाले अविलम्ब रिहाइको माग गर्ने र बहिष्कार आन्दोलनको दौरानमा लगाइएका झुठा मुद्दाहरु खारेज गर्न माग गर्ने निश्चित गरियो । ”