मूल्यवृद्धि फिर्ता नलिए सडक आन्दोलन:गुरुङ

२०७० फाल्गुन ३० गते, शुक्रबार


काठमाडौं।नेकपा–माओवादीदवारा गठित संयुक्त जनसमिति,नेपालले दुध र पेट्रोलियम पदार्थको मुल्य बृद्धी गरेर वर्तमान सरकारले जनविरोधी काम गरेको भन्दै त्यसको घोर भत्सर्ना गरेको छ ।संयुक्त जनसमिति नेपालको अध्यक्ष देव गुरुङद्धवारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा सरकारले एकपछि अर्को गर्दै गरेको मुल्य बृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।उसले फुटपाथमा रहेका व्यापरीहरुलाई हटाउने सरकारी निर्णयको पनि विरोध गरेको छ ।‘दुई दिन अघि मात्र दूधको मूल्य बढाएको सरकारले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा भारी मूल्यबृद्धि गरेको छ’विज्ञप्तीमा भनिएको छ,‘ सरकार गठन लगत्तै फुटपाथका व्यापारीहरुलाई वैकल्पिक व्यवस्था नगरी अन्धाधुन्ध खेद्ने सरकारको यो पछिल्लो निर्णयले सरकार जनविरोधी काम गर्न उद्धत भएको आभास हुन्छ । सरकारले गरेको यो मूल्यबृद्धिप्रति हामी गम्भीर आपत्ती प्रकट गर्दछौं ।’
संयुक्त जनसम्पर्क समितिले निगमभित्रको कार्यशैलीप्रति पनि तिव्र रोष प्रकट गरेको छ । निगम भित्रको अनियमितता, इन्धनको चुहावट, अनावश्यक रुपमा भर्ती गरिएका कर्मचारीहरुको बोझ र व्यवस्थापन असमर्थताका कारण निगम घाटामा गएको भन्दै उसले यस्ता गलत कार्यशैली सच्याउन सरकारसँग जोडदार माग समेत गरेको छ । ‘ निगम भित्रको अनियमितता, इन्धनको चुहावट, अनावश्यक रुपमा भर्ती गरिएका कर्मचारीहरुको बोझ र व्यवस्थापन असमर्थताका कारण निगम घाटामा गएको प्रष्ट छ । तर, सरकार त्यसतर्फ पूरै आँखा चिम्लेर जनतामाथि आफ्नो कमजोरी थोपरिरहेको छ । यस्ता गतिविधि बन्द गर्न र यो मुल्यवृद्धि तत्काल फिर्ता लिन र जनविरोधी निर्णय नगर्न वर्तमान सरकारलाई हामी गम्भीर आग्रह गर्दछौं । मूल्यवृद्धि फिर्ता नलिए जनता सडक आन्दोलनमा उत्रन बाध्य हुनेछ’विज्ञप्तीमा भनिएको छ ।
संयुक्त जनसमिति नेपालको अध्यक्ष देव गुरुङद्धवारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीको पूर्ण बिबरण यस प्रकार रहेको छ- ” दुई दिन अघि मात्र दूधको मूल्य बढाएको सरकारले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा भारी मूल्यबृद्धि गरेको छ । सरकार गठन लगत्तै फुटपाथका व्यापारीहरुलाई वैकल्पिक व्यवस्था नगरी अन्धाधुन्ध खेद्ने सरकारको यो पछिल्लो निर्णयले सरकार जनविरोधी काम गर्न उद्यत भएको आभास हुन्छ । सरकारले गरेको यो मूल्यबृद्धिप्रति हामी गम्भीर आपत्ती प्रकट गर्दछौं ।
निगम भित्रको अनियमितता, इन्धनको चुहावट, अनावश्यक रुपमा भर्ती गरिएका कर्मचारीहरुको बोझ र व्यवस्थापन असमर्थताका कारण निगम घाटामा गएको प्रष्ट छ । तर, सरकार त्यसतर्फ पूरै आँखा चिम्लेर जनतामाथि आफ्नो कमजोरी थोपरिरहेको छ । यस्ता गतिविधि बन्द गर्न र यो मुल्यवृद्धि तत्काल फिर्ता लिन र जनविरोधी निर्णय नगर्न वर्तमान सरकारलाई हामी गम्भीर आग्रह गर्दछौं । मूल्यवृद्धि फिर्ता नलिए जनता सडक आन्दोलनमा उत्रन बाध्य हुनेछ । “

प्रतिक्रियाहरु

[anycomment]