चैत्र ४ गते उपत्यका बन्द

२०७० फाल्गुन ३० गते, शुक्रबार


काठमाडौं । कान्तिपथ स्थित बहुराष्ट्रिय कम्पनि एभरेष्ट डि काग्रो -फेडेक्सबाट निकालिएका मजदूरको पुनहावालीको माग गर्दै आन्दोलनमा उत्रेको नेकपा-माओवादी निकट अखिल नेपाल क्रान्तिकारी टे्रड युनियन महासंघले चैत्र ४ गते उपत्याका बन्दको घोषणा गरेको छ ।
निष्कासित मजदूरको पुनवहालीको लागि शान्तिपूण धर्ना कार्यक्रममा प्रहरी हस्तक्षेपको विरुद्ध शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी उपत्याका बन्दको घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञाप्तीमा शान्तिपूण् धर्नामा बसेका महासंघका केन्द्रीय सचिवालय सदस्य धनश्यम श्रेष्ठ, शालिकराम काफ्ले, बद्री चापागाई लगायत १० जनालाई गिरफ्तार गरिएको छ । ‘मजदूरको जारी रोटीको नखोस् भन्दा प्रहरीले दमन गरी हाम्रा साथी गिरफ्तार र घाइते बनाइएका र निष्कासित मजदूरलाई व्यवस्थापन पक्षले सुनुवाई नगरेकाले बन्दको कार्यक्रम राख्न बाध्य भएका हौं’ पत्रकार सम्मेलनमा महासंघका सह-संयोजक योगेन्द्र कुमालले बताए । उनले निष्कासित मजदूरको पुनवहाली, गिरफ्तारको रिहाई र घाइतेको उपचार गर्न सरकारसँग माग पनि गरे ।
निष्कासित मजदूरको पुनवहालीको माग गर्दै महासंघको नेतृत्वमा एक साता पहिलेदेखि शान्तिपूण् धर्ना कार्यक्रम जारी थियो । विहीवार प्रहरीले हस्तक्षेप गर्दा योगेन्द्र कुमाल, पवन वयक लगायत एक दर्जन घाइते भएका थिए । एभरेष्ट डि काग्रोबाट ११ जना मदजूर निष्कासन गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]