एक्लै अगाडी बढ्न खोजे देश द्वन्द्वमा जान्छ : किरण

काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले परिवर्तनको एउटा शक्तिलाई पाखा लगाएर अगाडि बढ्न खोजे देश फेरी द्वन्द्वमा जाने बताए । हितप्रसाद उपाध्याय-जुनमाया सुवेदी साहित्य प्रतिस्ठानले संवाद डबलीलमा ‘परम्परागत संस्कार र संस्कृतिको विकल्पको खोजी’ विषयक अन्तरक्रिया कार्यक्रममा वैद्यले सो कुरा बताएका हुन । वैद्यले जनताको ठूलो त्याग र बलिदानपछि पनि सत्तापक्ष पार्टी देशलाई पूरानै र मनमानी रुपमा अगाडी बढाउन खोजेको आरोप लगाए ।
‘यो संविधानसभाले जनताको पक्षमा संविधान बनाउने छैन, जनतालाई झन अध्यारो तिर धकेल्न खोजिदैछ, यसका विरुद्ध सबै परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिनुपर्ने भएका छ’ अध्यक्ष वैद्यले भने । कम्युनिस्ट पार्टर्ीी रुपान्तरण नभएसम्म समाज र संस्कार-संस्कृति रुपान्तरण हुन नसक्ने अध्यक्ष वैद्यले बताए । कम्युनिष्ट पार्टर्ीी आएको विकृतिसँगै समाज, संस्कार र संस्कृति पूरानै सोचबाट माथि उठ्न नसकेको उनको विचार छ । वैद्यले संस्कृतिमा बल प्रयोग उपयुक्त नहुने बताए ।
कार्यक्रममा इश्वरचन्द्र ज्ञावालीको कार्यपत्रमाथि टिप्पणी गर्दै प्रगतिशिल लेखक संघका अध्यक्ष अमर गिरीले कम्युनिस्ट आन्दोलन समाज रुपान्तरणसँग जोडिएकाले कम्युनिष्ट आन्दोलनमा रुपान्तरण नआएसम्म संस्कार र संस्कृतिमा रुपान्तरण हुन नसक्ने बताए । डा. जगदिश चन्द्र भण्डारीले कम्युनिष्ट नेता रुपान्तरण हुन नसकेकाले पूरानै संस्कार र संस्कृतिमा आएको रुपान्तरण थायित्व हुन नसकेको बताए । रामप्रसाद दाहाल, पुण्य गौतम, खेम थपलिया, निभा शाह लगायतका वक्तहरुले आफ्ना धारणा व्यक्त गरेका थिए ।