बिघटनको संघारमा एमाओवादी

काठमाडौँ । एकीकृत नेकपा माओवादीको अस्तित्व राष्ट्रिय सम्मेलनपछि झनै संकटग्रस्त भएको छ । विराटनगरको राष्ट्रिय सम्मेलनपछि एमाओबादीको भबिस्यमा ग्रहन लागेको पार्टीार्यकर्ता नै बताउन थालेका छन् । नेतृत्वको असक्षमताको कारण पार्टीबघटनको संघारमा पुगेको उनीहरूको बिस्लेसन छ । पार्टीीत्र रहेको प्रचण्ड प्रवृति नहटेकोले पार्टीबघटनको संघारमा पुगेको बहस अहिले पार्टीीत्र व्यापक रूपमा उठिरहेको छ । पार्टीीत्र रहेको तिक्तता मेटने र पार्टीीई पुनर्संरचा गर्ने भन्दै विराटनगरमा भएको एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलनले झनै विवाद बल्झायो । सम्मेलनमा नेता डा. बाबुराम भट्टर्राई पक्ष पार्टी कुनैपनि पदमा नबस्ने घोषणा गर्दै बाहिरिए । भट्टर्राईले नयाँ शक्तिको कुरा गरिरहेका बेला विराटनगर सम्मेलनपछि एकीकृत माओवादी भट्टर्राई र उनि पक्षधर विहीन भएको छ ।
गतमंगलबार सकिएको राष्ट्रिय सम्मेलनमा भट्टर्राई पक्षका १७ जना नेताले केन्द्रिय समितिमा पनि नबस्ने निर्ण्रागर्दै बाहिरिएपछि अब पदाधिकारी र केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका मान्ने ‘एस म्यान’ हरू मात्र छन् । तर अध्यक्ष प्रचण्ड आफ्नो चाहना ‘एस म्यान’ खोज्ने नभएको दावी गरेका छन् । ‘मैले एस म्यान खोज्ने भए २५ वर्षेखि बाबुराम जी मेरै नेतृत्वमा हुनुहुन्थेन र संविधानसभाको चुनाव अघिसम्म उहाँले मलाई नेताहरूको पनि नेता भन्नुभयो, त्यो भन्नुहुने थिएन’ विराटनगरमा पत्रकारसँग प्रचण्डले भने ‘त्यो कुरा सत्य होइन, अहिले हामी पार्टी पुन निर्माणको पहल गरिरहेका छौं र त्यो अभियान सफल हुँदैछ । अध्यक्ष प्रचण्डले यस्तो बताएपनि एकीकृत माओवादीका नेताहरू भने आरोप प्रत्यारोपमा उत्रिन थालिसकेका छन् । भट्टर्राई पक्षका नेता देवेन्द्र पौडेल संस्थापन पक्षले पेलेकाले अन्याय सहन नसकेर बाहिरिएको बताएका छन् । ‘जनयुद्धमा जेल परेका, खारिएका र दुःखकष्ट भोगेका धेरै अनुभवी साथीहरूलाई अन्याय गरियो र अपमान गर्नखोजियो’ पौडेलले भने ‘त्यसैले हामीले केन्द्रिय समितिमा नबस्ने निर्ण्र्ाागरेका हौं ।’ भविष्यमा गम्भीरताका साथ आफूहरूका माग सम्बोधन हुने पौडेलको विश्वास छ । अध्यक्ष प्रचण्ड पक्ष भने भट्टर्राई पक्षमाथि षडयन्त्रको गन्ध देख्न थालिसकेको छ । प्रचण्ड पक्षका नेता हरिबोल गजुरेल नेतृत्वलाई असफल पार्न यसो गरिएको आरोप लगाउछन । ‘नेतृत्वलाई असफल पार्नखोजिएको हो कि प्रचण्डलाई विस्थापित गर्नखोजिएको हो, पहिले पनि नेतृत्व परिवर्तन र नयाँ शक्तिको कुरा पनि नभएको होइन, यसले धेरै प्रश्न खडा गरेको छ’ गजुरेलको भनाइ छ ‘उहाँहरूको अन्तरनिहीत स्वार्थ के हो त्यो बुझन केही समय लाग्छ ।’ कम्युनिष्ट पार्टर्ीी चित्त नबुझे कि त अलग हुने र कि पार्टीभत्रै संर्घष गर्ने परम्परा भए पनि भट्टर्राई पक्षले त्यसो नगरेको गजुरेलको भनाई छ । प्रचण्ड र बाबुरामबीचको यस्तो जुहारी यो पहिलो पटक होइन । यस्तै जुहारी उत्कर्षा पुग्दा भट्टर्राई माथि कारवाही समेत भएका छन् । नयाँ शक्तिको कुरा गरिरहेको अवस्थामा कतिपयले भट्टर्राईको यो असन्तुष्टलाई त्यसैको निरन्तरताका रूपमा पनि लिएका छन् । पार्टीफुटदासम्म कहिले बाबुरामसँग नजिक त कहिले मोहन बैद्य किरणसँग नजिक हुदै आफ्नो स्वार्थसिद्ध गर्नपल्किएका प्रचण्ड पार्टटेपछि नारायणकाजी श्रेष्ठ र डा. भट्टर्राईको बीचमा यस्तै खेल खेल्दै आएका छन् । विराटनगरको राष्ट्रिय सम्मेलनले प्रचण्ड र बाबुरामबीचको दूरी बढाउने बित्तिकै नेकपा-माओवादीसँग एकताको चर्चा पनि चल्न थालेको छ । तर तत्काल त्यो सम्भव देखिन्न । यस्तो अबस्थामा एमाओवादी बिघटन भयो भने कुनै आर्श्चर्य मानु पर्ने छैन ।