भट्टराईद्वारा नयाँ केन्द्रिय समिती अस्वीकारभट्टराईद्वारा नयाँ केन्द्रिय समिती अस्वीकार

काठमाडौँ ७ जेष्ठ ।एमाओवादीका नेता डा. बाबुराम भट्टराईले हिजो साझ आफु सहितको १४९ सदस्यीय केन्द्रीय समिति गठन गरिएको समाचार सत्य नभएको बताएका छन । राती १० बजे ट्वीटरमा लेख्दै बाबुराम भट्टराईले भनेका छन । आज घोषित १४९ सदस्यीय केन्द्रीय समिति मेरो सहमतिमा बनेको र म पार्टी उपाध्यक्षमा बस्न सहमत भएको भन्ने सत्य होइन । पार्टी रुपान्तरण अभियान जारी छ ।
एमाओबादी बिराटनगर सम्मेलनमा प्रचण्डले पस्ताब गरेको केन्द्रीय समितीको लिस्टमा असहमति जनाउदै भट्टराई सहितका १५ जनाले केन्द्रीय समितिमा नबस्ने घोषणा गरेपछि एमओबादीमा बिबाद चर्किएको थियो । बिबाद हल गर्न प्रचण्डले विराटनगर सम्मेलनमा ८४ सदस्यीय केन्द्रीय समिति बनाएका थिय । जसमा भट्टराई पक्षका कल्पना धमला र घनश्याम यादवको नाम समेत थियो । मंगलबार बाबुराम भट्टराई पक्ष समेत सहमत भएको भन्दै एमाओबादीले १४९ सदस्यीय केन्द्रीय समिति गठन गरिएको भनी लिस्ट सार्बजनिक गरेको थियो ।
सार्वजनिक गरिएको केन्द्रीय समितिमा भट्टराई पक्षका ३० जनाको नाम समावेश गरिएको थियो । मंगलबार सार्बजनिक केन्द्रीय समिति समेत बाबुराम भट्टराईले अस्विकार गरे पछी एमाओबादीमा बिबाद झन् चुलिने अनुमान गरिएको छ ।